इटहरीमा थप पाँच दिन लकडाउन गर्ने निर्णय

 कोर खबर   २१ सावन, २०७७



काठमान्डौ– कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि इटहरी उपमहानगरपालिकाले बुधबारबाट लागू हुने गरी पाँच दिन लकडाउन गर्ने निर्णय गरेको छ। कोरोना संक्रमणको जोखिम बढेकाले इटहरी बजार लगायत पूरै उपमहानगरपालिका क्षेत्र लकडाउन गरिने भएको मेयर द्वारिकालाल चौधरीले जानकारी दिए।

‘१ सय ८ जनाको परीक्षण गर्दा ८ जनाको पोजेटिभ देखिएको छ। त्यसमा तीन जना नगरपालिकाका कर्मचारी पनि छन्। त्यसैले संक्रमण नफैलियोस् भनेर लकडाउन गर्ने निर्णय गरिएको मेयर चौधरीले बताए ।

मेयर चौधरीले बुधबारबाट अत्यावश्यक सेवा बाहेक सबै क्षेत्र बन्द हुने जनाए। उनले लकडाउनको अवधिमा परीक्षण पनि बढाइने बताए।
यसअघि पनि उपमहानगरपालिकाका एकजना इन्जिनियरलाई संक्रमण पुष्टि भएको थियो।

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post