सुन तोलाको एक लाख नजिक

 कोर खबर   २० सावन, २०७७



साउन २०,काठमाडौं–  नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा १ लाख नजिक पुगेको छ । तोलामा ९९ हजार ८०० पुग्दै सुनको मुल्यले नयाँ रेकर्ड कायम गरेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ९९ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार बढेर तोलामा ९९ हजार ८०० पुगेको हो । 

यस्तै तेजावी सुन तोलामा ९९ हजार ३७५ रुपैयाँमा कारोबार भएको छ । यसैगरी चाँदी तोलामा १ हजार २३० रुपैयाँमा कारोबार भएको छ । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post