कोरोना संक्रमित बढेपछि उपत्यकामा फेरि जोर विजोर लागू गर्न प्रस्ताव

 कोर खबर   १९ सावन, २०७७



१९ साउन, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९०) संक्रमणको जोखिम बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा निजी तथा सार्वजनिक सवारी साधनहरुमा जोर विजोर लागू गर्न प्रस्ताव गरेको छ ।

मन्त्रालयको प्रस्ताव कोभिड–१९ संकट व्यवस्थापन सेन्टर ९सीसीएमसी०को निर्देशक समितिमा विचाराधीन छ । ‘पछिल्लो बैठकमा छलफल भएपनि यसबारे निर्णय भने भएको छैन ।

सीसीएमसीले निर्णय गरेर मन्त्रिपरिषद्‍मा प्रस्तावका रुपमा गएपछि मात्र यसले औपचारिकता पाउँनेछ । सरकारले असार २६ बाट निजी सवारी साधानको जोरविजोर प्रणाली हटाएको थियो भने उपत्यकामा तीन जिल्ला र बाहिर जिल्लामा सार्वजनिक सवारी चलाउन दिएको थियो ।

यस्तै भदौ १ बाट लामो दुरीको सवारी पनि चलाउने सरकारको तयारी छ । तर लकडाउन खुला भएसँगै कोरोना संक्रमण बढेको छ भने उपत्यकामा पनि जोखिम थपिएको छ ।

स्वास्थ्य मन्त्रालयका अधिकारीहरु उपत्यकामा संक्रमण फैलिन नदिने हो भने सवारी साधनमा जोरविजोर, बाहिरबाट आउनेहरुलाई १४ दिन अनिवार्य होम वा स्थानीय क्वारेन्टिन जस्ता उपाय अपनाउनुको विकल्प नरहेको बताउँछन् ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post