काठ्माण्डौँ । आज बसेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीचको छलफल सकिएको छ। प्रधानमन्त्र निवास बालुवाटारमा आइतबार बिहान ९। ५५ बजेदेखि अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच झण्डै साढे तीन घण्टा छलफल भएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ।
छलफलमा वरिष्ठ नेता झलनाथ खनाल र महासचिव विष्णु पौडेल पनि सहभागी रहेको स्रोतले जनायो। आजको बैठकमा पनि कुनै सहमति हुन नसकेको र छलफललाई निरन्तर राख्ने विषयमा भने दुवै अध्यक्ष सहमत भएको स्रोतले बतायो।
असार १० गते बसेको स्थायी समिति बैठकमा बोल्ने अधिकांश स्थायी समिति सदस्यहरुले ओलीले अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेपछि नेकपाको विवाद उत्कर्षमा पुगेको हो। सहमतिका लागी भन्दै दुई अध्यक्ष र अन्य नेताहरुबीच पटक–पटक छलफल भए पनि सहमति भने जुट्न सकेको छैन।