काठ्माण्डौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक कारोबार ओरोलो लागेके छ । दोस्रो घण्टाको अन्तिम समयसम्म आउँदा ३५।७७ अंकले घटेको छ । कारोबार सुरुमा केही समय उकालो लागेकोे नेप्से कारोबार २ घण्टा बित्दा २।४९ प्रतिशतले ओरालो लागेको छ ।
आज १४४१।१६ को बिन्दुबाट सुरु भएको कारोबार १ बजेसम्म आइपुग्दा १४०३।२९ को बिन्दुमा पुगेको छ । त्यस्तै, आज अहिले सम्म कारोबारमा आएका १२ उपसमूह मध्ये सबै उपसमुह ओरालो यात्रामा छन् ।
हालसम्म कारोबार भईरहेका १८५ कम्पनीको २२ लाख ६२ हजार शेयर कित्ता १३ हजार ५ सय २७ पटक खरिद विक्री हुदाँ ८७ करोड ६१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
यस्तै हाल कारोबारमा आएका कम्पनिमध्ये नेपाल रिइन्सुरेन्स कम्पनिले १४ करोड ४९ लाल बराबरको कारोबार गरेर उच्च स्थानमा रहेको छ ।