सुनिल बहादुर थापालाई पदको लोभले कांग्रेसमा पु¥यायो : रिमाल (भिडियो सहित)

 कोर खबर   १८ सावन, २०७७



काठमान्डौ– केहि दिन पहिले नेपाली राजनितिवृत्तमा एउटा विषयले खुबै चर्चा पायो । विषय थियो राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक पुर्व प्रधानमन्त्री सुर्य बहादुर थापाका छोरा सुनिल बहादुर थापाको राप्रपा परित्यागको घोषणा । राप्रपालाई लामो समयसम्म डोहो¥याएका पुर्व प्रधानमन्त्री सुर्य बहादुर थापाको विरासतलाई थामिराखेका नेता सुनिल बहादुर थापाले राप्रपामाथी विभिन्न आरोप लगाउँदै अव राप्रपामा रहन नसक्ने घोषणा गरे । पार्टी परित्यागको घोषणा गरेको केहि दिनमै उनि नेपाली कांग्रेसमा प्रवेश समेत गरे । त्यहाँ उनिमात्रै गएनन्, संगै राप्रपाका एक दर्जन बढि प्रभावशाली नेता कार्यकर्तालाई समेत काँग्रेस प्रवेश गराए । 

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस :

संविधान जारी भएपछि पार्टी ढुलमुले बाटोमा हिँडेको उनको पहिलो आरोप थियो । कहिले जारी संविधानलाई अस्विकार गर्ने,गणतन्त्र नमान्ने कहिले धर्म निरपेक्षताको विरोध गर्ने त कहिले संघियताको विरोध गर्ने तर ति सवै विषयलाई स्विकार गर्ने  सरकारमा सहभागी हुने पार्टीको यहि ढुलमुले प्रवृत्तिले आँफुलाई पार्टीबाट बाहिरिने मनस्थितीमा पु¥याएको विज्ञप्तीमार्फत उनले जनाएका थिए । 

तर उनको यो आरोपको पार्टीभित्रैका नेताहरुले खण्डन गरेका छन् । कोर खबरसंगको कुराकानीमा राष्ट्रिय प्रजातन्त्र पार्टी निकट युवक संघका संयोजक प्रकाश रिमालले पदको लालसा र विचलित मनस्थितीका कारण थापाले पार्टी त्यागेको आरोप लगाएका छन् । 

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस :


सरकारमा सहभागी हुदैमा पार्टीको मुलमुद्धा छोडेको भनेर भन्न नमिल्ने रिमालको भनाई छ । पार्टीले संस्थापक नेता सुर्यबहादुर थापाका सिद्धान्तहरुलाई अंगालीरहेको दावी गरे ।  विपिको मेलमिलाप निति र सुर्य वहादुर थापाको मार्गमा हिड्न आए भन्दै कांग्रेस प्रवेश गरेका सुनिल बहादुर थापालाई संयोजक रिमालले सुर्य बहादुर थापाले अंगालेका कुन सिद्धान्त, कुन मार्ग र कुन विचारबाट विमुख भयो त्यसको पुष्टि गर्न चुनौति समेत दिए । 



 प्रतिक्रिया


 थप राजनीतिक खबर

एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री देख्दा भारतिय नेता अचम्मित !

एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री देख्दा भारतिय नेता अचम्मित !


विश्वास मत लिने तयारीमा मुख्यमन्त्री राउत, एमाले र लोसपाले संसद अवरुद्ध पार्ने !

विश्वास मत लिने तयारीमा मुख्यमन्त्री राउत, एमाले र लोसपाले संसद अवरुद्ध पार्ने !


शुरू भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक !

शुरू भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक !

एमालेले घरमै थुन्न थाल्यो एकीकृत समाजवादीतिर लाग्ने जनप्रतिनिधिलाई !

एमालेले घरमै थुन्न थाल्यो एकीकृत समाजवादीतिर लाग्ने जनप्रतिनिधिलाई !


माधव नेपाल नेकपा एसको संसदीय दलको नेता बन्दै !

माधव नेपाल नेकपा एसको संसदीय दलको नेता बन्दै !


देउवा निवासमा कांग्रेस केन्द्रीय समिति बैठक जारी !

देउवा निवासमा कांग्रेस केन्द्रीय समिति बैठक जारी !

सर्वोच्चको आदेशपछि एमाले : फैसला अप्रत्यासित

सर्वोच्चको आदेशपछि एमाले : फैसला अप्रत्यासित


आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने

आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने


देउवा र माधव नेपालबीच सहमति : नेपाल पक्षका २८ जना सांसदले नै राजीनामा दिने, चुनावी सरकारको नेतृत्व नेपालले गर्ने

देउवा र माधव नेपालबीच सहमति : नेपाल पक्षका २८ जना सांसदले नै राजीनामा दिने, चुनावी सरकारको नेतृत्व नेपालले गर्ने



विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post