बाँकेमा ३ दिन कफ्यु जारी

 कोर खबर   १८ सावन, २०७७



बाँके । कोरोना जोखीम बढेसंगै बाँकेको स्थानीय प्रशासनले आजदेखि निषेधाज्ञा जारी गरेको छ । प्रशासनले कोरोनाको जोखिम बढेपछि आजदेखि तीन दिनसम्म निषेधाज्ञा जारी गर्ने भएको छ ।

नेपालगञ्जमा सरकारी कार्यालय र समुदायस्तरमा गरिएको कोरोना परीक्षणमा एकै दिन ३० जनामा सङ्क्रमण देखिएको थियो ।कोरोना संकट व्यवस्थापन समितिको बैठकले तीन दिनसम्म पूर्णरुपमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।

स्थानीय प्रशासनले अत्यावश्यकीय कामबाहेक घर बाहिर ननिस्कन सर्वसाधारलाई आग्रह गरेको छ । निषेधाज्ञा अवधिभर अत्यावश्यक सेवा बाहेक अन्य सेवा सञ्चालनमा आउन पाउने छैनन् ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post