भोली सार्वजनिक बिदा

 कोर खबर   १८ सावन, २०७७



तनहुँ । हिन्दुहरुको बिशेष पर्व जनैपूर्णिमाका दिन म्याग्दे गाउँपालिकाले सार्वजनिक बिदा दिने भएको छ । शुक्रबार बसेको गाउँपालिकाको बोर्ड बैठकले साउन १९ गते जनैपूर्णिमाका दिन सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले जानकारी दिनुभयो ।उनका अनुसार सार्वजनिक बिदाका दिन गाउँपालिकाका वडा कार्यालय, सरकारी निकाय, बैंक तथा वित्तीय संघसंस्था, शैक्षिक संस्थाहरू बन्द रहनेछन् ।

स्थानीय तहले बिभिन्न पर्व तथा सामाजिक महत्वका दिनमा बिदा दिन सक्ने व्यवस्था भए अनुरूप सार्वजनिक बिदाको निर्णय गरिएको गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले बताउनुभयो । गाउँपालिकाले गत फागुन १५ गते मगर दिवसका दिनमा पनि सार्वजनिक बिदा दिएको थियो ।

त्यस्तै म्याग्देलगायत जिल्लाका अन्य स्थानीय तहले पनि विभिन्न चाडपर्व तथा धार्मिक महत्वका अवसरमा सार्वजनिक बिदा दिने गरेको छ । व्यास नगरपालिकाले व्यास जयन्ती, शहीद दिवस, भानु नगरपालिकाले भानु जयन्तीका अवसरमा सार्वजनिक बिदा दिँदै आएका छन् ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post