आफ्नै छोराले आमा, बुबा र हजुरबुवालाई खुकुरी प्रहार गरी घाईते बनाए

 कोर खबर   १६ सावन, २०७७



इलाम । इलाममा मादक पदार्थ सेवन गरी घराइसी बिबाद गर्ने क्रममा एक युवाले खुकुरी प्रहार गरी आफ्नै आमा बुवा र हजुरबुवालाई घाइते बनाएका छन्। सूर्योदय नगरपालिका–४ सिद्दीखोला बस्ने २३ वर्षीय समिर घलेले जथाभावी खुकुरी चलाउँदा परिवारका तीन सदस्य घाइते भएका हुन्। मादक पदार्थ सेवन गरी घरायसी विवादका कारण घलेले आफ्नै बुवा, आमा र हजुरबुवालाई खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ।

घाइतेहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको र अवस्था सामान्य रहेको छ। प्रहरीले समीरलाई पक्राउ गरी मेडिकल जाँच गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post