भिरबाट ढुंगा खस्दा एक युवकको मृत्यु

 कोर खबर   १६ सावन, २०७७



रोल्पा । भिरबाट ढुंगा खस्दा एक रोल्पामा एक युवकको मृत्यु भएको छ। रुन्टिगढी गाउँपालिका(८ मेलटाकुरा निवासी २६ वर्षीय प्रेमबहादुर पुनको बाटोमा हिँडिरहेका बेला अचानक भिरबाट खसेको ढुंगाले लागेर  घटनास्थलमै मृत्यु भएको हो।

बिहीबार राति करिब १२ बजेतिर  पुनलाई ढुंगाले लागेको र उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी चित्रबहादुर गुरूङले जानकारी दिए। पुन खेतमा पानी लगाउन जाँदै थिए।

उनको शव पोष्टमार्टमको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही पठाइएको  इलाका प्रहरी कार्यालय होलेरीका प्रमुख  प्रहरी निरिक्षक मेघनाथ चापगाईले जानकारी दिए।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post