डलरको सटही दर यस्तो छ

    १६ सावन, २०७७



काठमाडौं : डलरको भाउ शुक्रबार फेरि थोरै बढेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ४५ पैसा र बिक्रीदर १२० रुपैयाँ ०५ पैसा निर्धारण गरेको छ । बिहीबार एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ३८ पैसा र बिक्रीदर ११९ रुपैयाँ ९८ पैसा निर्धारण रहेको थियो । पछिल्लो समय डलरको भाउ माथिल्लो बिन्दुमा अडिएको छ । विश्व बजारमा लगानीकर्ताहरु सुरक्षित लगानीको खोजी गर्दै डलरतर्फ आकर्षित भइरहेका छन् । यता, भारतीय रुपैयाँ पनि डलरको तुलनामा कमजोर भएको छ । स्थिर विनिमय दरका कारण भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि प्रभावित भएको हो ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post