सुनको मुल्य बढ्यो

    १६ सावन, २०७७



काठमाडौं– नेपाली बजारमा आज (शुक्रबार) छापावाल सुनको मूल्य तोलाको ९९ हजार ३०० रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो हालसम्मकै महँगो मूल्य हो।बिहीबार तोलाको ९९ हजार र बुधबार ९८ हजार ५०० मा कारोबार भएको थियो। चैत १० गते ७७ हजार रहेको सुनको मूल्य ११ गतेदेखि लकडाउन भएसँगै कारोबार बन्द गरिएको थियो।

त्यसको साढे दुई महिनापछि जेठ २५ गते महासंघले नयाँ मूल्य तोकेको थियो। त्यतिबेला ८७ हजार ४०० मूल्य कायम गरिएको थियो। त्यसयता लगातार सुनको मूल्य बढिरहेको छ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post