१५ किलो सुन र पेस्तोल भएको झोला फालेर भागेका ३ ब्यक्ति पक्राउ

    १५ सावन, २०७७


काठमाडौं – झोला फालेर भागेको आरोपमा शंकास्पद ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई दुम्कीबासबाट प्रक्राउ गरिएको हो । महानगरीय अपराध महाशाखाले जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वको समन्वयमा आरोपीलाई पक्राउ गर्न सफल भएको हो । पक्राउ पर्नेमा देवान पटेल, निलेश सखिया र विजय पटेल रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले शंकास्पद लागेका ३ जनालाई पक्राउ गरेको र अनुसन्धान थालिएको जनाएको छ । मंगलवार महानगरीय प्रहरी वृत्त दरबारमार्गले सुन राखिएको झोला र दुई थान गोली नभएको पेस्तोल दरबारमार्गको नविल बैंकको मोडमा बरामद गरेको थियो । १५ किलो सुन बरामद भएको भनिए पनि पछि परीक्षण गर्दा आधा किलो मात्र सक्कली भएको प्रमाणित भएको थियो ।

प्रहरी देखेपछि उनीहरू झोला छोडेर भागेका थिए । प्रहरीका अनुसार बा ६ च ५५१९ नम्बरको स्कर्पियोमा उनीहरु भागेका थिए । प्रहरीले स्कर्पियो अझै फेला नपरेको बताएको छ । प्रहरीका अनुसार उक्त स्कर्पियो बारा घर भएका इल्साम हुसेनको नाममा दर्ता छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post