नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक कारोबारको पहिलो घण्टामा २।८४ अंकले उकालो लागेको छ । कारोबार सुरुबाटै उकालो लागेको नेप्से परिसूचक पहिलो घण्टाको अन्तिम सम्म आउँदा ३ अकंले उकालो लागेको हो ।
आज १४३२।१४ को बिन्दुबाट सुरु भएको कारोबार १ घण्टाको अवधीमा १४३४।३७ को बिन्दुमा पुगेको छ । आज ११ बजे को १४३२।१४ विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने १२ बजेसम्म आउँदा त्यो परिसुचक ०।२० प्रतिशतले बढेको छ ।
त्यस्तै, आज अहिले सम्म कारोबारमा आएका १२ उपसमूह मध्य ९ वटा मात्र उपसमुह बढेका छन् । अहिले कारोबार भईरहेका १६४ कम्पनीको ७ लाख १५ हजार कित्ता शेयर खरिद विक्री हुदाँ २९ करोड ४७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।