रुकुमपश्चिम हत्याकाण्डका मृतक परिवारलाई कलाकारको आर्थिक सहयोग

    १५ सावन, २०७७


काठमाडौं – रुकुममा भएको हत्या काण्डबाट पिडित मृतकका परिवारलाई कलाकारहरुले संकलन गरेको ५ लाख रुपैयाँ हस्तान्तरण गरिएको छ  बुधवार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठले जाजरकोटको भेरी नगरपालिकाका मेयर सिपी घर्ती मगरलाई आर्थिक सहयोग हस्तान्तरण गरे ।

गत जेठ १० गते सोतीकी युवतीसँग बिहे गर्न गएका नवराज विश्वकर्मा र उनका साथीहरुले स्थानीयले कुटपिट गरेका थिए । अन्तरजातीय बिहे गर्न गएका नवराजलाई स्थानीयले बाटोमा थुनेर कुटपिट गरेका थिए हत्या गरिएका नवराज विक र अन्य ५ जनाको परिवारलाई सहयोग गर्न कलाकारहरुले सहयोग संकलन थालेका थिए । गायक तथा अभिनेता यश कुमारको पहलमा सहयोग रकम संकलन गरिएको थियो ।

रुकुम जाजरकोट हत्याकाण्डपछि यशकुमारको अध्यक्षतामा रुकुम पश्चिम सोती नरसंहार सहयोग संकलन अभियान थालिएको थियो । आर्थिक सहयोगका लागि गोफण्डमीबाट सहयोग आह्वान गरिएको थियो सहयोगका लागि विभिन्न देशमा भएका नेपाली र कलाकारले समेत हातेमालो गरेका थिए ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post