रामेछापमा मास्क खै ? अभियान !

    १४ सावन, २०७७



काठमान्डौ– रामेछाप प्रशासनले मास्क खै? अभियान सुरु गरेको छ ।  लकडाउन हटेपनि कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेकोले त्यसबाट बच्न नागरीकहरुलाई मास्क लगाउन आग्रह गर्ने उद्धेश्यका साथ तपाईको मास्क खै ? अभियान सुरु गरिएको हो । 

रामेछापका डिएसपी बशन्त पाठकका अनुुसार कोरोना संक्रमणको जोखिम कायमै रहदाँ पनि सर्वसाधारण नागरिक मास्क नलगाई हिड्न थालेपछि नागरिकलाई मास्क लगाउन प्रेरित गर्ने उद्देश्यका साथ यो अभियान चलाइएको हो ।

वुधबार सदरमुकाम मन्थलीमा मास्क नलगाई हिँड्नेका नागरिकलाई रामेछाप प्रशासनले निशुल्क मास्क वितरण समेत ग¥यो । अब जिल्ला मास्क नलगाई घरबाहिर हिँडडुल गर्नेलाई कारबाहि गर्ने प्रशासनको तयारी छ ।

भिडभाडमा मास्क नलगाई हिँड्ने व्यक्तिलाई सङ्क्रामक रोग ऐन २०२० अनुसार १ सय रुपैयाँ जरिवाना तिराउने जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post