बर्दियाको राजापुर नगरपालिकामा सयौ घर डुबानमा

    १४ सावन, २०७७



बर्दिया । बर्दियाको राजापुर नगरपालिकामा अबिरल बर्षाका कारण सयौं घर डुबानमा परेका हुन् । वडा नं १ को चनौरा, दौलतपुर, सोनपुर, टिहुनी गरि करीब ८५ घर डुबानमा परेका छन् । डुबानमा परेका परिवारलाई सेभ सेल्टरमा राखिएको वडा नं १ का अध्यक्ष खुशीराम चौधरीले बताउनुभयो । राजापुर वडा नं ८ को धोबिनीपुरमा १ दर्जन बढी घर डुबानमा परेका छन् । बर्षातका कारण अधिकाश क्षेत्र जलमग्न छ ।

यसैबीच वर्षाका कारण कर्णाली नदीकोे सर्तकता बिन्दू १०।८ नाघिसकेकाले जिल्ला विपद व्यवस्थापन समिती बर्दियाका संयोजक प्रमुख जिल्ल अधिकारी लिलाधर अधिकारीले तटिय क्षेत्रका बासिन्दाहरुलाई उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ ।

कर्णाली नदी बाहेकका बुढीकुला, भदाली नालाले राजापुर क्षेत्रका अधिकांश बस्तीहरु डुबानमा परेका छन्



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post