सेनाले दियो सशस्त्रलाई ६ सय वटा राइफल

 कोर खबर   १४ सावन, २०७७



१४ साउन, काठमाडौं । नेपाली सेनाले ६ सय वटा इन्सास राइफल सशस्त्र प्रहरी बललाई दिएको छ । माओवादी सशस्त्र द्वन्द्वका वेला भारतबाट ल्याइएका हतियार सेनाले सशस्त्र प्रहरीलाई दिएको हो ।

नेपाली सेनाका तर्फबाट युद्धकार्य महानिर्देशक उपरथी राजेन्द्र कार्कीले सशस्त्र प्रहरी बलका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रामशरण पौडेललाई ती हतियार हस्ताक्षरण गरेका छन् ।

क्षमता अभिवृद्धिका लागि सहयोग स्वरुप ती हतियार दिइएको नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले अनलाइनखबरलाई बताए । हाल सशस्त्र प्रहरीसँग ७.६३ एमएमको एसएलआर हतियार थियो ।

सेनासँग भएका हतियार सशस्त्र प्रहरीलाई दिने विषयमा १५ असारमा मन्त्रिपरिषद बैठकले निर्णय गरेको थियो । सशस्त्र प्रहरीले ती राइफल सीमामा खटिएका सुरक्षाकर्मीलाई दिनेछ ।

त्यसअघि हतियार मर्मतबारे नेपाली सेनाले १५ दिने तालिम पनि सशस्त्र प्रहरीलाई दिनेछ । नेपाली सेनाले अमेरिकाबाट १० हजार वटा अत्याधुनिक राइफल खरिद गर्दैछ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post