साउन १६ सम्म ठूलो वर्षाको सम्भावना, देशका यि ठाउँमा छ बाढीको धेरै खतरा !

 कोरखबर   १२ सावन, २०७७



काठमान्डौ- जल तथा मौसम विज्ञान विभागले आज (सोमबार) अपराह्नदेखि साउन १६ गतेसम्म देशभर मौसम सक्रिय हुने भएकाले व्यापक वर्षाको सम्भावना रहेको जनाएको छ ।

वर्षासँगै देशभर बाढी, पहिरोको जोखिमसमेत बढ्ने हुनाले होसियारी अपनाउन आम नागरिकमा विभागले अपिल गरेको छ ।

यसैबीच बाढी पूर्वानुमान महाशाखाले पनि सूचना जारी गर्दैै आज (सोमबार) र भाेलि (मंगलबार) देशका विभिन्न नदीमा बाढीको उच्च जोखिम रहेको जनाएको छ ।

महाशाखाका अनुसार आज र भोलि नारायणी, तिनाउ, पश्चिम राप्ती, बबई र यसका सहायक नदीजलाधारलगायत प्रदेश ५ भई बहने साना नदीमा बहाव सतर्कता चिह्न आसपास र केही साना नदीमा खतरा तहकै आसपास पुग्ने पूर्वानुमान छ।

आज नारायणीमा बहाव सतर्कता तह नजिक तथा केही सहायक नदीमा खतरा चिह्नसम्म पुग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

हेर्नुहाेस्, बाढी पूर्वानुमान महाशाखाले साेमबार बिहान जारी गरेकाे याे सूचना :

badhi12

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post