लेक लागेर सोलुखुम्बुमा एक जनाको ज्यान गयो

 कोरखबर   ११ सावन, २०७७



सोलुखुम्बु – सोलुखुम्बुकोे महाकुलुङ गाउँपालिका- ३ छेस्कामकी भविकुमारी कुलुङको लेक लागेर ज्यान गएको छ ।

धार्मिकस्थल पाँचपोखरीमा पसल राख्न हिँडेकी कुलुङको लेक लागेर ज्यान गएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

वडा नम्बर ३ को वक्तमेलवा भन्ने ठाउँमा क्याम्प बनाएर बसेको समयमा लेक लोगेपछि घरतर्फ झर्ने क्रममा दिउँसो ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकुनन्द ईवा लिम्बुले बताउनुभयो ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post