दाङमा स्कार्पियोको ठक्करबाट घाइते २ जनाको मृत्यु

 कोरखबर   ११ सावन, २०७७



साउन ११,काठमान्डौ- दाङमा शनिबार राति बाटो काट्ने क्रममा स्कार्पियोले ठक्कर दिँदा घाइते भएका पाँच जनामध्ये दुई जनाको मृत्यु भएको छ।

घाइतेमध्ये राप्ती गाउँपालिका-८ पिपरीका ८ वर्षीय निसान चौधरीको बुटवलमा र ५० वर्षीय राजकुमार चौधरीको कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो। दाङ जिल्ला प्रहरी प्रवक्ता सुमित खड्काका अनुसार राजकुमारको शनिबार राति र निसानको आइतबार बिहान उपचारका क्रममा मृत्यु भएको हो।

घाइतेमध्ये सोही ठाउँकै ७ वर्षीया सृष्टि गुरूङ, २ वर्षीया लक्ष्मी चौधरी र  उनकी २२ वर्षीया आमा गौरी चौधरीको बुटवलमा उपचार भइरहेको छ। चौधरी आमाछोरीको लमहीमा उपचारपछि बुटवल रिफर गरिएको  प्रहरीले बताएको छ। घाइते गुरुङको बाँया खुट्टा फ्याक्चर भएको डिएसपी खड्काले बताए। 

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा २० च ५७४४ नम्बरको स्कार्पियोले शनिबार बेलुका पौने ७ बजेतिर बाटो काट्ने क्रममा पूर्वपश्चिम राजमार्गको  पिपरीमा उनीहरूलाई ठक्कर दिएको थियो।

प्रहरीका अनुसार ‘तीव्र गतिको स्कार्पियो सडकबाट झन्डै १० मिटर तल नालामा खसेको छ। स्कार्पियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post