सिन्धुपाल्चोकका बाढीपहिरो प्रभावितलाई चीनले सहयोग गर्ने
कोरखवर ८ सावन, २०७७
सिन्धुपाल्चोक । सीमावर्ती जिल्लामा बाढीपहिरोले ठुलो जनधनको क्षति भएपछि मित्रराष्ट चीनले खाद्यन लगायत अन्य आवश्यक सामग्री सहयोग गर्ने प्रतिबद्धता गरेको छ । नेपाल-चीन सीमा मितेरी पुलमा बिहीबार सम्पन्न सीमा सुरक्षा बैठकमा चीनको नेलमा कन्ट्री सरकारले बाढीपहिरोबाट प्रभावितहरुका लागि सहयोग गर्ने प्रतिबद्धता गरेको हो ।
सीमा सुरक्षा बैठकमा नेपालको तर्फबाट सहभागी सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बाढीपहिरो प्रभावितहरुलाई सहयोग गर्न आग्रह गरेका थिए । चीन सरकारले खाद्यन, टेन्ट औषधीलगायतका सामग्रीहरु प्रदान गर्ने जानकरी दिएको ढकालले बताए । चीनबाट आउने खाद्यनलगायत सामग्री भोटेकोशी गाउँपालिका र बाह्रविसे नगरपालिकाका बाढी पहिरो प्रभावितहरुका लागि वितरण गरिने प्रजिअ ढकालले बताए ।
सडक अवरुद्ध भएका कारणले भोटेकोशी गाउँपालिकाका बाढीपहिरो पीडितहरुलाई खाद्यनलगायत अन्य आवश्यक सामग्रीहरु लैजान समस्या छ, पहिलो प्राथमिकता भोटेकोशीलाई दिन्छौ, त्यसपछि बाह्रविसेका प्रभावितहरुलाई पनि प्रदान गरिने उनले बताए । कोरोना भाइरसको महामारीको बेलामा पनि चीन सरकारले औषधीलगायतका सामग्रीहरु सीमा जोडिएको सिन्धुपाल्चोकलाई प्रदान गरेको थियो ।