प्रदेश १ मा १३ संक्रमित थपिए, १० जना डिस्चार्ज

 कोरखवर   ८ सावन, २०७७



विराटनगर– प्रदेश १ मा बिहीबार १३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ८, सुनसरी र धनकुटामा २–२ र झापामा एक जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ४ पुरुष, बुढीगंगामा ३ पुरुष र १ महिला, सुनसरीको कोशी गाउँपालिकामा २ पुरुष, धनकुटाको छथर जोरपाटीमा २ पुरुष र झापाको अर्जुनधारामा एक पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा संक्रमितको संख्या ८ सय ४८ पुगेको छ ।

प्रदेश १ बाट बिहीबार १० जना डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पताल गोठगाउँमा उपचाररत १० जना पुरुष डिस्चार्ज भएका हुन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ७ सय २३ पुगेको छ ।

प्रदेश १ मा बिहीबार ५ सय ३४ जनाको कोरोना परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १३ जनाका रिपोर्ट पोजेटिभ आएको मन्त्रालयका प्रवक्ता डा.सुरेश मेहताले बताए । बिहीबार सम्म ३८ हजार १ सय ३५ जनाको कोरोना परीक्षण गरिएको डा.मेहताले बताए।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post