सम्हालियो डलरको भाउ

 कोरखबर   २४ चैत, २०७६



काठमाडौं : केही दिनदेखि लगातार बढेको अमेरिकी डलरको भाउ बिहीबार केही सम्हालिएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ६० पैसा र बिक्रीदर १२१ रुपैयाँ २० पैसा निर्धारण गरेको छ । यो अघिल्लो दिनको तुलनामा केही कम हो । बुधबार एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ७६ पैसा र बिक्रीदर १२१ रुपैयाँ ३६ पैसा थियो ।

कोरोना भाइरसको संक्रमण बढ्दै केही महिनादेखि डलरको भाउ चुलिएको थियो । पछिल्ला दिनहरुमा भने तलमाथि गर्ने क्रममा देखिएको छ । विश्व बजारका लगानीकर्ता अमेरिकी डलर र सुनतर्फ आकर्षित भएका छन् । यसबाहेक अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम र सेयर मूल्य घटेको छ । लगानीका अन्य क्षेत्र खुम्चिएकाले पनि सुन र डलरको भाउ बढेको विश्लेषण भइरहेको छ । भारतीय रुपैयाँ कमजोर हुँदा नेपालमा पनि प्रत्यक्ष प्रभाव पर्ने गर्छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post