दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत मंगलबार भएको पुरुष फुटबलतर्फको दोस्रो खेलमा मधेश प्रदेश विजयी भएको छ ।
सुदूरपश्चिमलाई शून्यकाविरुद्ध एक गोलले पराजित गर्दै मधेश प्रदेशले विजयी सुरुवात गरेको हो । पहिलो हापमा दुबै टोलीबीच कडा प्रतिस्पर्धा भएको थियो ।
मधेस प्रदेशका लागि विकाश दर्लामीले खेलको ५६ औं मिनेटमा गरेको एकमात्र गोल नै निर्णायक बन्यो । खेल ढिलो गरी सुरु भएका कारण निर्धारितभन्दा समय घटाइएको थियो । मधेश र सुदूरपश्चिमको खेल ३५–३५ मिनेटमा झारिएको थियो ।

यसअघि मंगलबार नै भएको उद्घाटन खेलमा नेपाल पुलिस क्लवले कर्णाली प्रदेशलाई पराजित गरेको थियो । पुलिसले २–० को अग्रता कायम राख्दै विजयी सुरुवात गरेको हो । यसैबीच बुधबार पहिलो खेल त्रिभुवन आर्मी क्लव र लुम्बिनी प्रदेशबीच हुनेछ भने दोस्रो खेल कोशी प्रदेश र बागमती प्रदेशबीच हुनेछ ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।