खेलकुद

१०औं राष्ट्रिय खेलकुद: महिला क्रिकेटमा विभागीय टोली पुलिसको फराकिलो जीत

१० औं राष्ट्रिय खेलकुद प्रतियोगीता अन्तर्गत महिला क्रिकेटतर्फ मंगलबार भएको दोस्रो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले सानदार जीत निकालेको छ । वीरेन्द्रनगर क्रिकेट मैदानमा टस जितेर पहिले व्याटिङ गरेको नेपाल पुलिस क्लबले एक विकेटको क्षतिमा १९७ रनको विशाल स्कोर बनाएको थियो ।

पुलिसका लागि ओपनर रेवती धामी र सिता रानामगरले सानदार सुरुवात गरे । कप्तान सिता रानामगरले सर्वाधिक ६६ रन बनाइन् । ४२ बल खेलेकी उनले एक छक्का र नौ चौका प्रहार गरिन् ।

अर्की ओपनर रेवतीले नटआउट ५५ रनको योगदान दिइन् । ५३ बलको सामना गरेकी उनले सात चौका प्रहार गरिन् । तेस्रो क्रममा ब्याटिङ गर्न आएकी इन्दू बर्माले बिष्फोटक ब्याटिङ गरिन् । २७ बलमा १२ चौकाको मद्दतमा सानदार ५८ रनको नटआउट पारी खेलेकी इन्दू बर्मा प्लेयर अफ द म्याच भइन् । पुलिसको एक मात्रै विकेट लुम्बिनीकी आयुषा भुषालले लिएकी थिइन् ।

विज्ञापन

जवाफी ब्याटिङ गरेको लुम्बिनी १५।४ ओभरमा अलआउट हुँदै ३९ रन मात्रै बनाउन सक्यो । लुम्बिनीका लागि ओपनर श्रुती बुढाथोकीले सर्वाधिक १५ रन बनाइन् । यस्तै अनिता चौधरीले आठ, सरस्वती पुनले सात र कप्तान आश्मा पुनमगरले पाँच रन बनाए । बाँकी ब्याटरहरुले एक रन पनि जोड्न सकेनन् ।

लुम्बिनीलाई फराकिलो अन्तरले हराउन पुलिसकी करुणा भण्डारीले सर्वाधिक तीन विकेट लिइन् । यस्तै रेखा रावल, राजमती ऐरी, विनु बुढामगरले समान दुई–दुई विकेट लिए भने सुमन विष्टले एक बिकेट लिइन् ।

यसअघिको उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लवले कोशी प्रदेशलाई ६ विकेटले पराजित गरेको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

खेलकुद बाट थप

थप — खेलकुद

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।