ब्रेकिङ न्युज
विज्ञापन
अन्तर्राष्ट्रिय

ह्वाइट हाउस छाडेकी क्यारोलिन फक्स न्युजमा जोडिइन्

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमा ह्वाइट हाउस प्रेस सचिवको भूमिका सम्हालेकी क्यारोलिन लेभिट नयाँ भूमिकामा जोडिएकी छन्।

उनी फक्स न्युजमा ‘अनएयर कन्ट्रिब्युटर’ का रूपमा जोडिएकी हुन्। फक्स न्युज मिडियाकी सीईओ सुज्यान स्कटले सोमबार लेभिट १ नोभेम्बरदेखि फक्स न्युजमा काम गर्ने घोषणा गरेकी हुन्। २९ वर्षीया लेभिटले विभिन्न कार्यक्रममार्फत राजनीतिक विषयमा टिप्पणी गर्नेछिन्।

लेभिटले जनवरी २०२५ देखि अगस्ट २०२६ सम्म ट्रम्पको दोस्रो प्रशासनमा ३६औँ ह्वाइट हाउस प्रेस सचिवका रूपमा काम गरेकी थिइन्। उनी अमेरिकी इतिहासकै सबैभन्दा कम उमेरकी ह्वाइट हाउस प्रेस सचिव बनेकी थिइन्।

विज्ञापन

अगस्टको अन्त्यमा ह्वाइट हाउस छाड्ने निर्णय सार्वजनिक गर्दै उनले आफ्ना दुई साना बच्चासँग बढी समय बिताउन चाहेको बताएकी थिइन्। उनकी दोस्रो सन्तान छोरी भिभियाना मेमा जन्मिएकी हुन्।

लेभिटले फक्स न्युजमा काम गर्ने अवसर पाएकोमा आफू आभारी रहेको बताएकी छन्। उनले ह्वाइट हाउस प्रेस सचिवका रूपमा हासिल गरेको अनुभवलाई फक्स न्युजका दर्शकमाझ प्रस्तुत गर्ने बताएकी छन्।

ह्वाइट हाउस प्रेस सचिव बन्नुअघि लेभिटले ट्रम्पको २०२४ को राष्ट्रपतीय चुनावी अभियानमा काम गरेकी थिइन्। उनले सन् २०२२ मा न्यु ह्याम्पसायरबाट कांग्रेसका लागि पनि उम्मेदवारी दिएकी थिइन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अन्तर्राष्ट्रिय बाट थप

थप — अन्तर्राष्ट्रिय

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।