विज्ञापन
समाज

हेटौंडामा पिकअपसँग मोटरसाइकल ठोक्किँदा चालकको मृ’त्यु

मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१७ अङ्गारेस्वरस्थित धरान-चतारा सडक खण्डमा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा स्थानीय २७ वर्षीय मोटरसाइकल चालक सुदीप पाण्डेको मृत्यु भएको हो।

हेटौंडाबाट सिन्धुलीतर्फ तरकारी लिएर जाँदै गरेको बा.प्र. ०१-०२८ च १७४७ नम्बरको बोलेरो पिकअप र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश ३-०३-००१ प ६४५९ नम्बरको मोटरसाइकल बुधबार राति करिब पौने ९ बजे सडकको बीच भागमा एकापसमा ठोक्किएका थिए।

दुर्घटनामा गम्भीर घाइते भएका पाण्डेको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको थियो।

विज्ञापन

घटनालगत्तै अस्थायी प्रहरी पोस्ट हटियाबाट खटिएको ट्राफिकसहितको प्रहरी टोलीले उनलाई तत्काल उद्धार गरी उपचारका लागि ‘सिएमसी चुरेहिल अस्पताल’ हेटौंडा पुर्‍याएको थियो। चिकित्सकले राति सवा ९ बजे उनलाई मृत घोषणा गरेका थिए।

मृतकको शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको छ। प्रहरीले पिकअप र चालक सिन्धुलीको कमलामाई नगरपालिका-३ बस्ने ४८ वर्षीय रमेश तामाङलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।