विज्ञापन
अपराध

हवाई फायर गरी दुई लागुऔषध कारोबारी पक्राउ, २८ ग्राम ब्राउन सुगर बरामद

कपिलवस्तुको बाणगंगा नगरपालिका–३ राजापानीमा रहेको राधाकृष्ण नास्ता पसलमा हवाई फायर गरी २ जना लागुऔषधका कारोबारीलाई पक्राउ गरिएको छ।

कृष्णबहादुर विश्वकर्माले सञ्चालन गरेको नास्ता पसलमा उनीहरूलाई नियन्त्रणमा लिन खोज्दा भाग्न खाजेपछि प्रहरीले २ राउन्ड हवाई फायर गरी २८ ग्राम ८२० मिलिग्राम ब्राउन सुगरसहित उनीहरूलाई पक्राउ गरेको हो।

विशेष सूचना आधारमा आइतबार दिउसो २ बजेतिर इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक कालिका कार्की तथा लागुऔषध नियन्त्रण ब्युरो भैरहवाको संयुक्त टोलीले हवाई फायर गरी दुई जनालाई नियन्त्रणमा लिएको छ।

विज्ञापन

कपिलवस्तु नगरपालिका वडा नम्बर ११ का २६ वर्षीय सलाउँद्दीन मुसलमान र बाणगंगा नगरपालिका २९ वर्षीय ६ का उमेश थारु लागुऔषधसहित पक्राउ परेको प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले जानकारी दिए।

कोरोबारीहरुले प्रहरीलाई देखेर भाग्न खोज्दा प्रहरी सहायक निरीक्षक सागर भट्टराईले सानो हतियारले २ राउन्ड हवाई फायर गरेका थिए।

युपी ५५ एभी २६५९ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकलको सिट मुनि प्लास्टिकको थैलीमा लुकाइएको अवस्थामा सो लागुऔषध बरामद गरिएको थियो।

घटनामा प्रहरीले अनुसन्धान गरिरहेको छ। लागुऔषध नियन्त्रणका लागि प्रहरीले निगरानी बढाएपछि धमाधम लागुऔषधका कारोबारी पक्राउ गरिएको प्रहरी उपरीक्षक मनोहर भट्टले बताए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अपराध बाट थप

थप — अपराध

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।