दाङमा स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ।
तुलसीपुर उपमहानगरपालिका –०७ गैरापातुस्थित सडकमा लु.प्र.०२–००१ क ०००४ नम्बरको लक्ष्य एकेडेमीको बसले पैदल हिँडिरहेका दुई वर्षीय आयन नेपालीलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए।
उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीको अनुसार नेपाली सल्यान शारदा नगरपालिका –०२ खलङ्गा घर भई दाङ तुलसीपुर –०५ रानीजरुवामा डेरा गरी बस्ने पप्पु नेपालीका छोरा हुन्।
उक्त बस र चालकलाई नियन्त्रणमा लिई यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।