ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

साउनयता ६१४ निजामती कर्मचारीले छाडे सेवा, विधेयक दर्तापछि झन बढ्यो

नयाँ निजामती सेवा ऐनको तयारी र प्रस्तावित व्यवस्थाका कारण निजामती सेवाबाट राजीनामा दिने कर्मचारीको संख्या बढ्दै गएको छ। साउन १ देखि असोज १४ गतेसम्म मात्रै ६१४ जना कर्मचारीले सेवाबाट राजीनामा दिएका छन्।

निजामती किताबखानामा दर्ता भएको विवरणअनुसार राजीनामा दिनेमा चार जना सचिव तहका कर्मचारी छन्। त्यस्तै, ११ सहसचिव, १०८ उपसचिव, १२६ शाखा अधिकृत तथा ११८ नायब सुब्बा र खरिदार रहेका छन्।

यसैगरी, कार्यालय सहयोगी तथा अन्य श्रेणीविहीन १६३ कर्मचारीले पनि सेवा छाडेका छन्। सचिव तहबाट राजीनामा दिनेमा कमलप्रसाद पोखरेल, बाबुराम अधिकारी र राजकुमार श्रेष्ठलगायत रहेका छन्। पोखरेलले सञ्चार सचिव पदबाट राजीनामा दिएका हुन्।

विज्ञापन

असोजमा मात्रै ४०४ राजीनामा

निजामती सेवाबाट राजीनामा दिने क्रम पछिल्लो समय तीव्र बनेको देखिन्छ। साउन र भदौ महिनामा मात्रै निजामती किताबखानामा २१० वटा राजीनामा दर्ता भएका थिए।

त्यसपछि असोज १ देखि १४ गतेसम्मको नौ कार्यदिनमा विभिन्न मन्त्रालयबाट स्वीकृत भएर थप ४०४ वटा राजीनामा किताबखानामा पुगेका छन्। यसले कर्मचारीमा स्वैच्छिक अवकाश लिने क्रम पछिल्लो समय झनै बढेको देखाएको छ।

सरकारले नयाँ निजामती सेवा ऐन ल्याउने तयारीसँगै एकपटकका लागि ठूलो संख्यामा कर्मचारीलाई अवकाश दिने गरी ३० वर्षे सेवा अवधि र ५५ वर्षे उमेर हदसम्बन्धी व्यवस्था अघि सारेपछि गत जेठदेखि नै राजीनामा दिने क्रम बढेको थियो।

निजामती सेवा विधेयक असोज १५ गते संसद्मा दर्ता भएको थियो। विधेयक दर्ता भएपछि कर्मचारीले राजीनामा दिने क्रम थप बढेको बताइएको छ।

प्रस्तावित व्यवस्थाका कारण भविष्यमा अवकाश तथा पेन्सन सुविधामा असर पर्न सक्ने आकलन गर्दै कतिपय कर्मचारीले विधेयक कार्यान्वयनमा आउनुअघि नै सेवाबाट बाहिरिने निर्णय गरेको देखिन्छ।

पछिल्लो तथ्यांकले निजामती सेवामा लामो समयदेखि कार्यरत कर्मचारीसमेत स्वैच्छिक रूपमा सेवा छाड्ने क्रम बढिरहेको देखाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।