विज्ञापन
राजनीति

सर्वोच्च अदालतका प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ जारी

सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका चार जनाको संसदीय सुनुवाइ आज पनि जारी रहेको छ।

न्याय परिषद्ले डा रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको हो।

सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिमा भइरहेको सुनुवाइका क्रममा प्रस्तावित न्यायाधीशहरूको न्यायिक अनुभव, कार्यक्षमता, निष्पक्षता, न्यायिक स्वतन्त्रता र न्यायपालिकाको सुधारलगायत विषयमा प्रश्नोत्तर भइरहेको छ।

विज्ञापन

समितिले न्यायपालिकाप्रति जनविश्वास अभिवृद्धि, न्याय सम्पादनलाई छिटोछरितो र प्रभावकारी बनाउने, सर्वसाधारणको न्यायमा सहज पहुँच सुनिश्चित गर्ने तथा न्यायिक क्षेत्रमा देखिएका समस्या समाधान गर्ने विषयमा पनि प्रस्तावित न्यायाधीशहरूको धारणा माग गरिरहेको छ।

त्यसैगरी न्यायिक सुशासन, पारदर्शिता, जवाफदेहिता र न्यायपालिकाको संस्थागत सुधारका विषयमा उनीहरूको दृष्टिकोण तथा भावी योजनाबारे समितिले चासो राखेको छ।

संसदीय सुनुवाइबाट प्रस्तावित न्यायाधीशहरूको योग्यता, अनुभव, व्यावसायिक दक्षता, निष्पक्षता र न्यायिक जिम्मेवारी निर्वाह गर्न सक्ने क्षमताको मूल्याङ्कन हुनेछ।

संवैधानिक व्यवस्थाअनुसार संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि प्रस्तावित न्यायाधीशहरूको नियुक्ति प्रक्रिया अघि बढ्नेछ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।