साहित्यकार इन्द्रकुमार श्रेष्ठ सरितको साताैं कथासङ्ग्रह ‘नलेखिएको एउटा कथा’ बजारमा आएकाे छ। ‘ ’
२०३५ सालदेखि नै लेखन यात्रामा निरन्तर लागिपरेका सरितकाे साताैं कथासङ्ग्रह भर्खरै भुँडीपुराण प्रकाशनले प्रकाशनमा ल्याएकाे हाे। उक्त कृतिमा २४ कथा सङ्गृहीत छन्।
नेपाली लेखनमा लाेकप्रिय उनका दिदीको देवर, एकजोर फूलघोडा, जस्केलोबाट चियाउने सूर्य, सरितका प्रतिनिधि कथा, ऋतु फेरिदै जान्छ, डाइभर प्रकाशित छन्।

कथा, कविता, गीत, गजल, मुक्तक, समीक्षा, नियात्रा, उपन्यास जस्ता विविध विधमा उनको उल्लेख्य योगदान छ। साहित्यिक पत्रकारिताको पनि सक्रिय उनको खरायोको खोरमा, बाटुली, मेरी छोरी मान्या, बालकथाकृति प्रकाशित छन्। फुटकर रूपमा उनकाे दर्जनाै लेखरचना प्रकाशित छन्।
नेपाली साहित्यमा सुललित भाषा र सुन्दर शैली प्रयाेग गर्ने लेखककाे रूपमा उनी परिचित छन्। उनकाे उक्त कथासङ्ग्रहमा प्राडा दयाराम श्रेष्ठको महत्त्वपूर्ण भूमिका छ। जसले सङ्ग्रहका कथाहरूकाे विहङ्गम समालोचकीय दृष्टकोण प्र्स्तुत गरेको छ। उक्त कृतिको मूल्य ४९० रूपैयाँ छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।