नेपाली कांग्रेसका नेता एनपी साउदले सरकार संसदप्रति उत्तरदायी हुनुपर्ने बताएका छन् । संसद राजनीतिक थलो भएको बताउँदै उनले नागरिक प्रति लक्षित बन्दै सरकारले संसद्प्रति उत्तरदायी भएर काम गर्नुपर्ने बताए ।
नागरिक दैनिकको कार्यक्रम फ्रन्टलाइनमा कुरा गर्दै साउदले सरकारले बहुमतका आधारमा संसदलाई बन्धक बनाउन खोजेको आरोप लगाए ।
संसदीय व्यवस्थाभित्रका अभयवहरू लोकतान्त्रिक व्यवस्थामा सर्वाधिक उपयोगी हुने भन्दै उनले यसलाई बन्धक राख्न खोज्नु गतल भएको बताए ।

संसदबाटै सरकार बन्ने भन्दै उनले अहिले सरकारले संसदलाई गरेको अन्देखाले गतल सन्देश जाने बताए ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।