ब्रेकिङ न्युज
विज्ञापन
भिडियो

सरकारसँग सशंकित रवि, भन्छन्: चार महिनामा छनक देखाउनु पर्थ्यो

सत्तामा पुगेपछि विगतलाई दोष दिएर उम्किन पाइँदैन। यो सामान्य राजनीतिक सिद्धान्त हो। तर नयाँ राजनीतिक शक्तिका लागि यो अझ कठोर सत्य हो। किनकि जनताले उसलाई सत्ता पुराना दलको विकल्पका रूपमा दिएका हुन्, पुरानै शैली दोहोर्याजउन होइन।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पछिल्लो अभिव्यक्ति यही बिन्दुमा आएर अर्थपूर्ण देखिन्छ, ‘हिजोका नेतृत्वलाई दोष देखाएर उम्कने पक्षमा छैनौँ, अब बल हाम्रो कोर्टमा आएको छ।’ यो स्वीकारोक्ति स्वागतयोग्य छ। तर स्वीकारोक्ति आफैंमा उपलब्धि होइन। उपलब्धिको सुरुवात भने अवश्य हो।

लामिछानेले सरकार गठन भएको चार महिना मात्रै भएकाले मूल्यांकन गर्ने बेला भइनसकेको तर्कसँगै यही चार महिनामा ‘अलिकति छनक’ देखाउन सक्नुपर्ने कुरा पनि स्वीकार गरेका छन्। वास्तवमा अहिलेको राजनीतिक बहसको केन्द्र यही हुनुपर्छ। जनताले चार महिनामै चमत्कार खोजेका छैनन्।

विज्ञापन

उनीहरूले दिशा खोजेका हुन्। सरकार कहाँ जाँदैछ भन्ने संकेत खोजेका हुन्। पुरानो बाटोबाट साँच्चै अलग यात्रा सुरु भएको छ कि छैन भन्ने प्रमाण खोजेका हुन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

भिडियो बाट थप

थप — भिडियो

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।