विज्ञापन
भिडियो

‘सबैलाई दबाबमा राख्ने ध्याउन्नमा सरकार छ’

नेपाली कांग्रेसका महामन्त्री उदयशमशेर राणाले पार्टी सभापति गगनकुमार थापामाथि सरकारले प्रतिशोधपूर्ण कदम चाल्दै पक्राउ गर्न खोजे सशक्त प्रतिवाद गर्ने चेतावनी दिएका छन्। राणाले बिचौलिया इनम सापकोटाको बयानका आधारमा थापालाई पक्राउ गर्ने प्रयास भइरहेको दाबी गरे।

उनले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई गैरकानुनी रूपमा पक्राउ गर्न दबाब दिइएको र नमानेपछि पदबाट हटाइएको आरोप लगाए। प्रहरी, सञ्चारमाध्यम र न्यायालयमाथि समेत राजनीतिक हस्तक्षेप बढेको उनको भनाइ थियो।

प्रधानमन्त्रीले तानाशाही प्रवृत्ति अपनाउन खोजेको आरोप लगाउँदै राणाले लोकतन्त्र, विधिको शासन र नागरिक अधिकारको पक्षमा सबै राजनीतिक शक्ति तथा नागरिक एकजुट हुनुपर्ने बताए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

भिडियो बाट थप

थप — भिडियो

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।