विज्ञापन
समाज

विराटनगरमा शंकास्पद वस्तु विस्फोट, २ जना घाइते

विराटनगरमा आइतबार बिहान शंकास्पद वस्तु विस्फोट हुँदा ससुरा बुहारी घाइते भएका छन्।

नेपाल–भारत सीमा क्षेत्र नजिकै रहेको विराटनगर महानगरपालिका–१५ स्थित जुट मिल पछाडिको खाली जमिनमा आइतबार बिहान साढे ११ बजेतिर फोहोर सफा गर्ने क्रममा शंकास्पद वस्तु विस्फोट हुँदा ससुरा बुहारी घाइते भएको मोरङ प्रहरीका सूचना अधिकारी डिएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए।

उनका अनुसार खाली जमिनमा फोहोर सफा गर्ने क्रममा एक्कासि विस्फोट हुँदा ससुरा बुहारी सामान्य घाइते भएका छन्।

विज्ञापन

विराटनगर–१५ की ४० वर्षीया नजवा खातुन र उनका ६५ वर्षीय ससुरा हैदर अली घाइते भएको प्रहरीले जनाएको छ।

विस्फोटबाट खातुनको दुवै हात र छातीमा सामान्य चोट लागेको छ भने अलीको बायाँ हात र दाहिने खुट्टामा चोट लागेको डिएसपी मिश्रले बताए।

दुवै जनाको स्थानीय जितु मेडिकलमा उपचार भएको र उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

डिएसपी मिश्रले भने, ‘घटनाको जानकारी हुनसाथ इलाका प्रहरी कार्यालयको टोली गई घटनास्थल सुरक्षित गर्नुका साथै घाइतेहरूलाई उपचारका लागि पठाएको हो। विस्फोटबाट सकेट बम जस्तो देखिने पुरानो खिया लागेको वस्तु फेला पनि पनि सकेट बम हो या होइन यकिन छैन।’

घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।