विज्ञापन
राजनीति

लोकतन्त्रका संस्थालाई कमजोर पार्नु हुँदैन : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारलाई निर्वाध रूपमा आफ्नो काम गर्न दिनुपर्ने बताएका छन्। उनले लोकतन्त्रका मूल्य, मान्यता, सिद्धान्त र आदर्शका स्तम्भहरू कमजोर पार्ने गतिविधि गर्न नहुनेमा जोड दिएका छन्।

सरकार र पार्टीबीच द्वन्द्व रहेको भन्ने चर्चाप्रति टिप्पणी गर्दै लामिछानेले आफूले सरकारलाई स्वतन्त्र रूपमा काम गर्न आग्रह गरिरहेको बताए। उनले न्यायालय, प्रहरी र प्रशासनजस्ता राज्यका संस्थाहरूमाथि अप्रमाणित विषयका आधारमा सार्वजनिक रूपमा टिप्पणी गर्दा ती संस्थाको मनोबल कमजोर हुने बताए।

‘डराएको न्यायालयले के न्याय दिन्छ ? त्यसको मनोबल बढाउनुपर्छ। त्यहाँभित्रको बेथिति अन्त्य गर्नुपर्ने नै हो, तर बेथिति अन्त्य गर्ने पनि एउटा तरिका हुन्छ। हामी त्यसप्रति प्रतिबद्ध छौँ,’ उनले भने।

विज्ञापन

प्रहरी प्रशासनका विषयमा कुनै व्यक्तिलाई पार्टीले पक्राउ गर्ने वा सरकारले छुटाउने तथा पार्टी र सरकारबीच टकराव रहेको भन्ने विषय सही नभएको उनको भनाइ थियो।

त्यस्तै, प्रधानमन्त्री बालेन्द्र शाह र आफ्नो तस्बिर राखेर पार्टी र सरकारबीच विवाद भएको देखाउने गरी सञ्चारमाध्यममा ग्राफिक्स तथा तस्बिर प्रयोग गरिएकोप्रति पनि लामिछानेले असन्तुष्टि जनाए।

‘मैले भनेका अभिव्यक्तिलाई कहिलेकाहीँ साथीहरूले झगडै पर्‍यो कि क्या हो भनेर फोटो टाँसेर बीचमा चट्याङको चित्र हाल्नुहुन्छ। त्यस्तो ग्राफिक्स नचलाउनुहोस्, केही पनि भएको छैन,’ उनले भने। प्रहरी महानिरीक्षक -आईजीपी) को जिम्मेवारी हेरफेरबारे पनि लामिछानेले सरकारलाई त्यसको औचित्य पुष्टि गर्नुपर्ने बताएका छन्।

सरकारले आईजीपीको जिम्मेवारी हेरफेर किन गर्‍यो भन्ने विषयको जवाफ व्यवहारबाटै देखाउनुपर्ने उनको भनाइ थियो। ‘किन गरिएको भन्ने कुरा सरकारले औचित्य प्रमाणित गर्छ। प्रधानमन्त्रीले आएर स्टेटमेन्ट दिनुहुन्छ भन्ने होइन। किन गर्नुपरेको रहेछ भन्ने कुरा त व्यवहारले देखाउँछ नि,’ उनले भने।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।