विज्ञापन
राजनीति

प्रस्तावित सर्वोच्च अदालतका न्यायाधीश पाण्डेको निष्पक्षता र फैसलामाथि प्रश्न

सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि प्रस्तावित जनक पाण्डेको न्यायिक निष्पक्षता, विगतका फैसला र कार्यसम्पादन क्षमतामाथि संसदीय सुनुवाइ समितिमा प्रश्न उठेको छ।

शुक्रबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले पाण्डेको न्यायिक निष्पक्षता र सम्भावित स्वार्थको द्वन्द्वबारे प्रश्न उठाएका हुन्।

पुनले प्रस्तावित न्यायाधीश पाण्डेकी श्रीमतीसँग सम्बन्धित सरकारी जग्गा कब्जा तथा भ्रष्टाचारसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको उल्लेख गर्दै यस्तो अवस्थामा स्वार्थको द्वन्द्व उत्पन्न हुन नदिन के व्यवस्था अपनाइन्छ भन्ने प्रश्न गरेका थिए।

विज्ञापन

उनले यस्तो परिस्थितिमा न्यायिक निष्पक्षता र मर्यादा कसरी कायम राख्नुहुन्छ भन्दै प्रस्तावित न्यायाधीशसँग जवाफ मागे। त्यसैगरी, पुनले पुनर्बीमासम्बन्धी मुद्दामा न्यायिक विचलन भएको र पाण्डेसहितको इजलासबाट भएको फैसला सर्वोच्च अदालतले बदर गरेको विषयसमेत उठाएका थिए।

हजारौँ मुद्दाको फैसला गर्दा एकाध मुद्दामा त्रुटि हुन सक्ने भए पनि त्यस्ता घटनाको वास्तविकता, सन्दर्भ र आफ्नो भूमिकाबारे स्पष्ट पार्नुपर्ने उनको भनाइ थियो। अन्य केही मुद्दामा समेत न्यायिक विचलन र कार्यसम्पादन क्षमतामाथि प्रश्न उठेको भन्दै पुनले त्यसबारे स्पष्ट जवाफ दिन आग्रह गरे।

पाण्डेको कार्ययोजना र प्रस्तुति विस्तृत भए पनि केही हतारमा प्रस्तुत भएको टिप्पणी गर्दै पुनले उहाँविरुद्ध परेका उजुरी तथा सार्वजनिक चासोका विषयमा तथ्यपरक, स्पष्ट र चित्तबुझ्दो जवाफ दिनुपर्नेमा जोड दिएका थिए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।