विज्ञापन
स्वास्थ्य

ललितपुरका १३ फार्मेसीमा चिकित्सकको प्रेस्क्रिप्सनबिनै एन्टिबायोटिक बिक्री

औषधि व्यवस्था विभागले गरेको आकस्मिक छड्के अनुगमनका क्रममा ललितपुरका १३ वटा कम्युनिटी फार्मेसीले चिकित्सकको प्रेस्क्रिप्सनबिनै मनोमानी रूपमा प्रतिजैविक (एन्टिबायोटिक) औषधि बिक्री वितरण गरिरहेको फेला परेको छ।

विभागले ललितपुर क्षेत्रका कुल १६ वटा कम्युनिटी फार्मेसीमा अनुगमन गर्दा १३ वटामा यस्तो गम्भीर लापरबाही र दुरुपयोग भेटिएको हो।

ललितपुरका फार्मेसीहरूमा प्रतिजैविक औषधिको चरम दुरुपयोग भइरहेको पाइएको औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले बताए।

विज्ञापन

‘अनुगमन गरिएका १६ वटा कम्युनिटी फार्मेसीमध्ये १३ वटाले चिकित्सकको प्रेस्क्रिप्सनबिना नै ‘ओभर द काउन्टर’ एन्टिबायोटिक औषधि बिक्री गरिरहेको भेटिएको छ,’ उनले भने।

विभागका अनुसार बिनाप्रेस्क्रिप्सन जथाभावी एन्टिबायोटिक बेच्नेमा महालक्ष्मी-१ स्थित अन्विका फार्मेसी, भर्टेक्स फार्मेसी र इजी फार्मेसी रहेका छन्।

त्यसैगरी ललितपुर महानगरपालिका-१५ स्थित विश्वास फार्मेसीसहित वडा नम्बर २, ३, ४ र ७ मा सञ्चालित केही फार्मेसीहरूले समेत नियमविपरीत यस्ता औषधि बिक्री गरिरहेको पाइएको छ।

मानव स्वास्थ्यमा गम्भीर असर पार्ने गरी बिनाप्रेस्क्रिप्सन एन्टिबायोटिक बिक्री गर्ने ती सबै फार्मेसीलाई औषधि ऐनअनुसार कानुनी कारबाही गरिने महानिर्देशक भट्टराईले बताएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

स्वास्थ्य बाट थप

थप — स्वास्थ्य

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।