विज्ञापन
राजनीति

राजसंस्था र हिन्दु राज्यसहित जय नेपाल पार्टीको आठ बुँदे माग, पुरा नभए आन्दोलन गर्ने

जय नेपाल पार्टीले संवैधानिक राजसंस्था र हिन्दु अधिराज्य पुनःस्थापनासहित आठ बुँदे संकल्प सार्वजनिक गर्दै माग पूरा नभए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ।

पार्टी सभापति धवलशमशेर राणाले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै संवैधानिक राजसंस्था, सनातन हिन्दु अधिराज्य र प्रदेश संरचना खारेजी वा निरन्तरताबारे जनमत संग्रह गराउनुपर्ने विषयलाई संविधान संशोधनको प्रमुख प्राथमिकतामा राख्नुपर्ने माग गरेका छन्।

सभापति राणाले बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारले सुशासन, समृद्धि र भ्रष्टाचार नियन्त्रणका लागि विश्वसनीय आधार तय गर्न नसकेको दाबी गरेका छन्।

विज्ञापन

सरकारप्रति नागरिकको ठूलो अपेक्षा रहे पनि अस्वाभाविक महँगी बढेको र दैनिक उपभोग्य वस्तुको अभाव हुँदा सर्वसाधारणको जनजीवन कष्टकर बनेको पार्टीको ठहर छ।

यसैगरी, पार्टीले भोटेकोसी-त्रिशूली नदीका बाढीपीडितका नाममा प्राप्त राहत सामग्री तथा आर्थिक सहयोगको विवरण तत्काल सार्वजनिक गर्न माग गरेको छ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा संकलित रकम कहाँ र कसरी खर्च भइरहेको छ भन्ने यथार्थ विवरणसमेत पारदर्शी बनाउन सरकारसँग आग्रह गरिएको छ।

विज्ञप्तिमा उल्लेखित आठ बुँदे प्राथमिकतालाई राज्यले समयमै सम्बोधन नगरे आफ्ना माग स्थापित गराउन चरणबद्ध रूपमा शान्तिपूर्ण सडक आन्दोलन सुरु गर्ने सो पार्टीले चेतावनी दिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।