ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

महिला,बालबालिका र अपाङ्गतामैत्री शौचालय अनिवार्य गर्न मन्त्रालयको पहल

राजमार्गका विश्रामस्थलमा महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका लागि सुरक्षित, मर्यादित र पहुँचयोग्य शौचालय तथा आवश्यक पूर्वाधार सुनिश्चित गर्न महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले पहल थालेको छ।

मन्त्रालयले पूर्वाधार विकास मन्त्रालयलाई पत्राचार गर्दै देशका विभिन्न राजमार्ग तथा सडक खण्डमा सार्वजनिक सवारी साधनले यात्रु रोक्ने अस्थायी तथा स्थायी विश्रामस्थलमा सबैका लागि पहुँचयोग्य तथा मैत्रीपूर्ण शौचालय निर्माण र आवश्यक पूर्वाधारको व्यवस्था गर्न आग्रह गरेको हो।

लामो दूरीको यात्राका क्रममा यात्रुले विश्रामस्थलमा आधारभूत सेवा सहज रूपमा प्राप्त गर्नुपर्ने भए पनि विभिन्न स्थानमा शौचालयलगायत न्यूनतम सुविधा तथा पहुँचयोग्य पूर्वाधारको अभाव रहेको मन्त्रालयले जनाएको छ।

विज्ञापन

यस्तो अवस्थाले विशेषगरी महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकलाई थप समस्या हुने भएकाले विश्रामस्थलको पूर्वाधारलाई समावेशी र पहुँचयोग्य बनाउन आवश्यक रहेको मन्त्रालयको पत्रमा उल्लेख छ।

मन्त्रालयले निर्माण भइसकेका विश्रामस्थलमा आवश्यक शौचालय सुविधा सुनिश्चित गर्न र शौचालयको सुविधा भएको स्थानमा मात्र सार्वजनिक सवारी साधन रोक्ने व्यवस्था मिलाउन समेत आग्रह गरेको छ।

नयाँ विश्रामस्थल तथा अन्य सडक पूर्वाधार निर्माण गर्दा सुरुदेखि नै महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकमैत्री हुने गरी पहुँचयोग्य संरचना निर्माण गर्नुपर्नेमा मन्त्रालयले जोड दिएको छ।

नेपालको संविधान, अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, ज्येष्ठ नागरिक सम्बन्धी ऐन तथा दिगो विकास लक्ष्यले सुनिश्चित गरेका अधिकारलाई व्यवहारमा कार्यान्वयन गर्ने उद्देश्यले मन्त्रालयले उक्त पत्राचार गरेको हो।

सम्बन्धित पूर्वाधार विकाससम्बन्धी कार्यालयलाई समेत आवश्यक निर्देशन तथा समन्वय गर्न आग्रह गर्दै मन्त्रालयले यस कार्यमा आवश्यक सहयोग, साझेदारी र समन्वय गर्ने जनाएको छ।

चाडपर्व नजिकिँदै जाँदा लामो दूरीका सार्वजनिक सवारीमा यात्रुको चाप बढ्ने भएकाले राजमार्गका विश्रामस्थलमा आधारभूत सेवा तथा पहुँचयोग्य पूर्वाधारको आवश्यकता अझ बढ्ने मन्त्रालयले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।