विज्ञापन
विश्व

मन्त्री मेहतासँग जापानी राजदूत तोरुको भेट

काठमाडौं।स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग नेपालका लागि जापानका राजदूत माएदा तोरुल शिष्टाचार भेट गरेका छन्। मन्त्रालयमा उनीहरुबीच भएको भेटमा नेपाल र जापानबीचको सम्बन्ध, आपसी सहकार्य तथा स्वास्थ्य क्षेत्रमा सहयोग विस्तारका सम्भावित क्षेत्रबारे छलफल भएको मन्त्री मेहताको सचिवालयले जनाएको छ।

सो अवसरमा मन्त्री मेहताले भोटेकोशी बाढी प्रभावित जिल्लामा जापान सरकारले उपलब्ध गराएको राहत, प्राविधिक उपकरण तथा प्रविधिसम्बन्धी सहयोगप्रति धन्यवाद ज्ञापन गरिन्।

उनले जापान सरकारले वीर अस्पताल, परोपकार तथा स्त्रीरोग अस्पताल र कान्ति बाल अस्पताललगायतका स्वास्थ्य संस्थामा पु¥याउँदै आएको सहयोगको प्रशंसा गरिन्। राजदूत तोरुले नेपाल सरकारका प्राथमिकता र आवश्यकताका आधारमा जापान सहयोग गर्न तयार रहेको बताउँदै दुई देशबीचको सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको मन्त्रीको सचिवालयले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

विश्व बाट थप

थप — विश्व

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।