ब्रेकिङ न्युज
विज्ञापन
समाज

मनकामना केबलकार मङ्गलबार बन्द रहने

चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध मनकामना मन्दिर जोड्ने मनकामना केबलकार सेवा भोलि मङ्गलबार एक दिनका लागि बन्द हुने भएको छ।

चाडपर्व अगावै गर्नुपर्ने नियमित मर्मतसम्भारका कारण सेवा स्थगित गर्न लागिएको सञ्चालक कम्पनी मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए।

शेरचनका अनुसार मङ्गलबार केबलकारका टावरहरूको निरीक्षण तथा मर्मत गरिनुका साथै दुवै स्टेसनको प्राविधिक परीक्षण गरिनेछ। मर्मतको काम सकिएपछि बुधबारदेखि सेवा पुनः नियमित सञ्चालनमा आउनेछ।

विज्ञापन

सेवा बन्द रहनेबारे कम्पनीले सामाजिक सञ्जालमार्फत समेत सूचना सार्वजनिक गरिसकेको छ। सेवा रोकिँदा यात्रु तथा भक्तजनलाई पर्न जाने असुविधाप्रति मनकामना दर्शन प्रालिले क्षमा मागेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।