ब्रेकिङ न्युज
विज्ञापन
समाज

संवेदनशील सूचना चुहावटको आरोपमा एआइजी दाहाल निलम्बित

गृह मन्त्रालयले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) वंशीराज दाहाललाई निलम्बन गरेको छ।

सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरी पदीय आचरणविपरीत कार्य गरेको आरोपमा सशस्त्र प्रहरी बल, नेपालले दाहालमाथि कारबाहीका लागि गृह मन्त्रालयसमक्ष सिफारिस गरेको थियो।

उक्त आरोपमाथि आवश्यक छानबिन गर्न मन्त्रालयले असोज १९ गतेको निर्णयअनुसार दाहाललाई निलम्बन गर्दै जाँचबुझ अधिकृतसमेत तोकेको छ। मन्त्रालयले तीन दिनभित्र छानबिन पूरा गरी प्रतिवेदन पेस गर्न निर्देशन दिएको जनाएको छ।

विज्ञापन

गृह मन्त्रालयले मातहतका कर्मचारीबाट हुने पदीय आचरणविपरीतका गतिविधि, संवेदनशील तथा गोप्य सूचनाको चुहावट र शान्ति सुरक्षामा प्रतिकूल असर पार्न सक्ने गतिविधिमाथि निगरानी तथा विश्लेषण भइरहेको जनाएको छ।

मन्त्रालयले कानूनविपरीतका गतिविधि वा घटनामा संलग्न जोसुकै भए पनि प्रचलित कानूनअनुसार कारबाही गरिने स्पष्ट पारेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।