राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढीबाट प्रभावित घरपरिवारका लागि अस्थायी आवास (ट्रान्जिसनल सेल्टर) निर्माण गर्न इच्छुक साझेदार संघसंस्थालाई प्रस्ताव पेस गर्न आह्वान गरेको छ।
प्राधिकरणले एक सूचना जारी गर्दै रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित स्थानीय तहमा प्रभावित घरपरिवारका लागि शहरी विकास तथा भवन निर्माण विभागबाट स्वीकृत मापदण्डअनुसार ट्रान्जिसनल सेल्टर निर्माण गर्न इच्छुक साझेदार संस्थालाई प्रस्ताव पेस गर्न आग्रह गरेको हो।
प्रस्तावमा सम्बन्धित संघसंस्थाले निर्माण गर्न चाहेको ट्रान्जिसनल सेल्टरको संख्या, निर्माणस्थल र सम्बन्धित स्थानीय तहको नाम स्पष्ट रूपमा खुलाउनुपर्नेछ। त्यस्तै, निर्माण कार्य सुरु गर्ने अनुमानित मिति र सम्पन्न गर्ने समयसीमासहितको कार्ययोजना पनि प्रस्तावमा समावेश गर्नुपर्ने प्राधिकरणले जनाएको छ।

यसअघि बाढी प्रभावित क्षेत्रमा ट्रान्जिसनल सेल्टर निर्माणका लागि कुनै सम्झौता भएको भए त्यसको विवरणसमेत प्रस्तावमा उल्लेख गर्नुपर्नेछ।
इच्छुक साझेदार संघसंस्थाले शहरी विकास तथा भवन निर्माण विभाग र सम्बन्धित स्थानीय तहसँग समन्वय गरी निर्माण कार्य अघि बढाउनुपर्नेछ।
प्राधिकरणले सूचनामा उल्लेख गरिएका विवरणसहित सात दिनभित्र प्रस्ताव पेश गर्न इच्छुक संघसंस्थालाई आग्रह गरेको छ।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।