विज्ञापन
कला तथा मनोरञ्जन

भन्नै पर्दैन, फूल मौरीको पनि हो भमराको पनि हो!

१) मुक्तक

कहिले पालिन्छ कहिले फालिन्छ यो दारी पनि

कहिले आवाद कहिले बाँझो हुन्छ घरबारी पनि

विज्ञापन

सयौं असल कर्मलाई एउटै गलतले छायाँ पार्दछ

मात्र नुन नहालौ त कस्तो हुन्छ तरकारी पनि।

२) मुक्तक

दशै मात्र हैन पालो सकिएको त जमराको पनि हो

धर्ती सिसौँ सल्लाको मात्र हैन वनमाराको पनि हो

हारजीत, सुखदुःख, दिन रात जस्तै हो घुमिरहन्छन्,

भन्नै पर्दैन फूल मौरीको पनि हो भमराको पनि हो।

३) मुक्तक

दशै आयो गयो लाउने नयाँ भोटो भएन

लामै भयो पहिलेको जस्तो छोटो भएन

शल्यक्रिया गरेको मोवाइलको ग्यालरीमा,

पोष्ट्याउँपोष्ट्याउँ लाग्ने कुनै फोटो भएन।

४) मुक्तक

सम्बन्धहरू मालाझैं जोडिन्छन् तिहारमा

दुःखपीडा ओखरमा फोरिन्छन् तिहारमा

बलून् भाग्य भविष्य बत्तीझैं झिलिमिली,

आशिष सारा तेलले कोरिन्छन् तिहारमा!

५) मुक्तक

ताजा नै छन् मनभरि ती स्मृतिका पानाहरू

उस्तै छन् कि चुँडिइसके मादलका तानाहरू

सुर ताल मिलाईमिलाई गाइन्थ्यो भट्याइन्थ्यो,

बाँच्यो मर्यो थाहा छैन ती प्राकृतिक गानाहरू।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

कला तथा मनोरञ्जन बाट थप

थप — कला तथा मनोरञ्जन

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।