राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य पारश मणि गेलालले अनौठो घोषणा गरेका छन्।
उनले सचिवालयमार्फत फोटो तथा भिडियो प्रतियोगिता आयोजना गर्ने घोषणा गरेका हुन्। सचिवालयले आगामी फागुन १२ गते प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको हो।
प्रतियोगितामा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का क्रममा प्रधानमन्त्री बालेन्द्र शाह, पार्टी सभापति रवि लामिछाने, पारश मणि गेलाल र सूर्य लामासँगका अविस्मरणीय क्षण कैद गरिएका फोटो तथा भिडियो समावेश गर्न सकिनेछ।

सचिवालयका अनुसार प्रतियोगितामा उत्कृष्ट फोटो तथा भिडियो पठाउनेमध्येबाट तीन जना विजेता छनोट गरी आकर्षक नगद पुरस्कार प्रदान गरिनेछ।
प्रतियोगितामा सहभागी हुन निर्वाचनका क्रममा खिचिएका उत्कृष्ट फोटो वा भिडियो पठाउनुपर्नेछ। साथै, सहभागीले आफ्ना सिर्जना सामाजिक सञ्जालमा समेत पोस्ट गर्नुपर्नेछ।
पुरस्कारको रकम भने भिडियो सन्देशमार्फत छिट्टै सार्वजनिक गरिने सचिवालयले जनाएको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।