कञ्चनपुरको दोधारा–चाँदनीमा पाटेबाघ मृत फेला परेको छ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका बरिष्ठ संरक्षण अधिकृत नुरेन्द्र अर्यालका अनुसार दोधारा–चाँदनी नगरपालिका–२ स्थित मायापुरी मध्यवर्ती सामुदायिक वनमा आज पाटेबाघ मृत भेटिएको हो।
‘जंगलभित्र पाटेबाघ मृत भेटिएकोे छ, निकुञ्ज कार्यालयबाट चिकित्सकसहितको टोली घटनास्थलमा गएको छ’, उनले भने, ‘घटनास्थलको मुचुल्का र पाटेबाघको स्वास्थ्य परीक्षणको रिर्पोटपछि मृत्युको कारण खुल्छ।’

जंगलभित्र पाटेबाघ मृत फेला पारेपछि स्थानीयले निकुञ्ज प्रशासनलाई खबर गरेका थिए।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।