विज्ञापन
समाज

बाढीग्रस्त पूर्वाधार बनाउन भारतको चासो

काठमाडौं।भोटेकोशी बाढीबाट क्षतिग्रस्त नेपालको पूर्वाधार पुनर्निर्माणमा भारतले सहयोग गर्ने इच्छा व्यक्त गरेको छ। भारतीय विदेश सचिव विक्रम मिस्रीले पुनर्निर्माण तथा पुनःस्थापनाका लागि आवश्यक सहयोग गर्न भारत तयार रहेको बताएका हुन्।

बुधबार काठमाडौंमा परराष्ट्र सचिव अमृतबहादुर राईसहितको नेपाली प्रतिनिधिमण्डलसँग भएको छलफलमा मिस्रीले बाढीबाट नेपालमा भएको ठूलो क्षतिप्रति चासो व्यक्त गर्दै पुनर्निर्माणका योजनामा सहकार्य गर्न भारत इच्छुक रहेको बताए।

उनले नेपालले पुनर्निर्माणका लागि अघि बढाउने परियोजनासम्बन्धी प्रस्तावमाथि थप छलफल गर्न भारत तयार रहेको स्पष्ट पारे। यस विषयमा यसअघि पनि प्रारम्भिक छलफल भइसकेको उनले स्मरण गराए।

विज्ञापन

नेपाल र भारतबीच सुख–दुःखमा साथ दिने विशिष्ट सम्बन्ध रहेको उल्लेख गर्दै मिस्रीले भोटेकोशी बाढीपछिको कठिन परिस्थितिमा भारतले सहयोग उपलब्ध गराएको पनि बताए।

यसैगरी, भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका क्रममा अघि बढाउनु पर्ने महत्त्वपूर्ण एजेन्डा र दुई देशबीचका सहकार्यका विषयमा पनि छलफल हुने उनले जानकारी दिए। त्यसका लागि विस्तृत कार्यसूची तयार गरिएको उनको भनाइ छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।